गणतन्त्र दिवसमा सरसफाई


दैलेख । सोह्रोँ गणतन्त्र दिवसको अवसरमा दैलेखस्थित बेलासपुर मन्दिर परिषरमा सरसफाई गरिएको छ । दैलेख जेसिस वर्ष २०२३ को आयोजना तथा समाजसेवी एवं युवा अभियान्ता महेन्द्रकुमार थापाको समन्वयमा सरसफाई गरिएको हो । गणतन्त्र स्थापना दिवस अवसरमा बेलासपुर मन्दिर परिषरमा सरसफाइ कार्यक्रम गरिएको अभियान्ता थापाले बताए । उनले कार्यक्रमलाई सफल बनाउनले सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।

दैलेख जेसिस वर्ष २०२३ का महासचिबव प्रकाशकुमार बुढाले गणतन्त्र दिवस २०८० को अवसर पारी दैलेख जेसिस वर्ष २०२३ द्वारा आयोजित बेलासपुर मन्दिर परिसर सरसफाई कार्यक्रममा सहभागी भएर सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

तपाईको प्रतिक्रिया