भाद्र ७तनहुँ।भारतीय यात्रु बोकेको बस तनहुँमा दुर्घटना १४जनाकाे मृत्यु भएको छ भने चालकसहित ४। जना वेपत्ता भएका छन्। भारतीय पर्यटक बोकेको भारतको केशरवानी परिवहन ट्राभल्सको यूपी ५३ एफटी ७६२३ नम्बरको बस पोखराबाट काठमाडौंँ फर्कदै गर्दा तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा खासेको थियाे।बसमा चालकसहित ४३ जना सवार रहेकोमा १४जनाकाे मृत्यु भएको चार जना बेपत्ता र ३९ जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी दीपककुमार रायले बताए।
आबुखैरेनी अस्पताल पठाइएको छ । गम्भीर घाइतेलाई सेनाको हेलिकप्टरबाट काठमाडौंँ पठाएको छ भने सामान्य घाइतेको आँबुखैरेनी अस्पतालमा उपचार भई रहेको छ।
उक्त बस भदौ ४ गते बेलहिया नाकाबाट ८ दिनको रुट परमिट लिएर नेपाल आएको थियो।पोखरा घुमेर काठमाडौंँ आउने क्रममा ऐनापहारा नजिक सडकबाट बस मर्स्याङ्दी नदी किनारमा खसेको हाे ।
न्यूजरेखा । ६ भाद्र २०८१, शुक्रबार १५:५९