तागाधारीहरुले आज यज्ञोपवीत एवं रक्षासूत्र धारण गरि जनै पूर्णिमामनाउँदै

 

भदौ ३काठमाडौंँ।आज जनै पूर्णिमा,वैदिक सनातन धर्मावलम्बी तागाधारीहरुले बिहानैदेखि नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट विधिपूर्वक मन्त्रिएको जनै (यज्ञोपवीत) फेर्ने तथा रक्षासूत्र बाँध्ने गरिन्छ।सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यता छ। यसै कारण गुरु पुरोहितद्वारा मन्त्रिएको यज्ञोपवीत एवं रक्षासूत्र धारण गरेमा नकारात्मक तत्वबाट दैविक सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ।
मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् ताओ वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ।
रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितहरुले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको छ।
जनै पूर्णिमामा ब्राह्मण, क्षत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै (यज्ञोपवीत) फेर्नुपर्ने बताइएको छ।चूडाकर्म गरिएका हरुले जनै लगाउनुपर्ने धार्मीक मान्यता छ

तपाईको प्रतिक्रिया