खुट्टाले लेखेर ३.३७ जिपिए ल्याएका कँडेललाई सांसद सुनिल शर्माले ल्यापटप दिए

२६साउन, काठमाडौँ।खु्ट्टाले लखेरै गुल्मिको सरकारि विधालयवाट एसइईमा ३.३७ जिपिए ल्याई उत्तिर्ण भएका गुल्मिका ऋीषिराम कंडेललाई नेपाली कांग्रेसका सांसद डाक्टर सुनिल शर्माले ल्यापटप प्रदान गरेका छन्।

दुवै हातले काम नगरे पनि खुट्टाले लेखेर राम्राे नम्बर ल्याएका कँडेलबाट आफूलाई समेत प्रेरणा मिलेको भन्दै डाक्टर शर्माले कँडेलको उच्च शिक्षामा केहि सहयोग पुगोस भनेर गुल्मिका सांसद चन्द्र भण्डारी मार्फत ल्याप्टप पठाएका हुन्। सांसद भण्डारीले कँडेलको आवश्यकता बारे कुरा राखेपछि शर्मा भण्डारी निवास पुगेर ल्यापटप दिएका थिए।

ल्यापटप पाएपछि कँडेलले आफूलाई दिएको शव्दप्रति आफनो उच्च सम्मान रहेको भन्दै कँडेललाई प्रेरणाको स्रोतका रुपमा लिएको र हाम्रा समाजका भविष्य र वर्तमानका गहनाहरुलाई निरन्तर सक्दो सहयोग गर्ने पनि सांसद शर्माले बताएका हुन्।गुल्मि छत्रकोट गाउपालिकाका वडा नम्बर ४निवासी १९ वर्षिय ऋषिराम कंडेलले खुट्टाले नै लेखेर गुल्मिको सरकरि विधालयवाट एसइईमा ३.३७ जिपिए ल्याएर उत्तिर्ण भएका हुन्।

नेपाली कांग्रेसका सांसद डाक्टर सुनिल शर्माले उपचार अभावमा कसैले ज्यान गुमाउन नपरोस् भन्दै आर्थिक अवस्था कमजोर भएका नागरिकलाई काठमाडौँकोे सिनामंगलस्थित केएमसि अस्पतालमा निःशुल्क उपचार सेवा दिँदै आइरहेका छन्।

तपाईको प्रतिक्रिया