भेष्ट लगाएर मन्त्रीको कुर्सीमा बसेको फोटो खिच्ने पत्रकार कुट्नुपर्छ: मन्त्री मनाङ्गे

१३ साउन,पोखरा।गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार बिकास तथा यातायात ब्यवस्था मन्त्री राजीव गुरुङ (दीपक मनाङ्गे)ले आफु भेष्ट लगाएर कार्यकक्षमा बसेको फोटो खिच्ने पत्रकार अमृत सुवेदीलाई कुट्नुपर्ने अभिव्यक्ति दिएका छन्।राइड सेयरिङविरुद्ध नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीले आईतबार आह्वान गरेको गण्डकीमा यातायात बन्द आन्दोलनका क्रममा आन्दोलनकारीले पत्रकार विना थापा मगरलाई दुर्व्यवहार तथा सुरज थापालाई कुटपिट गरेको विषयमा पत्रकार सँग बोल्दै मन्त्री मनाङ्गेले सुवेदीलाई कुट्नुपर्ने अभिव्यक्ति दिएका हुन्। हिजो मन्त्री मनाङ्गेले कार्यकक्षमा भेष्ट लगाएर बसेको तस्विर भाइरल भएकोे थियो। सोही विषयलाई लिएर आज पत्रकार कुटिएको विषय जोड्दै मन्त्री मनाङ्गेले आफू मन्त्रालयमा भेष्ट लगाएर मन्त्रीको कुर्सीमा बसेकोे फोटो खिच्ने अमृत सुवेदीलाई कुट्नुपर्ने अभिव्यक्ति दिएका हुन्।

तपाईको प्रतिक्रिया