दाउरा बटुल्दै गरेका व्यक्तिलाई नदीले बगायो

२६,असार तनहुँ। बाढीले बगाएर ल्याएको दाउरा बटुल्न गएका एक व्यक्तिलाई नदीले बगाएर बेपत्ता पारेको छ।

बढीले बगाएको दाउरा बटुल्न गएका तनहुँको व्यास नगरपालिका–१ भादगाउँ निवासी ५५ बर्षका तालबहादुर थापा बेपत्ता भएकाे प्रहरीले जनाएको छ।

दमौलीको ब्यास १स्थित छाब्दीखोला दोभानमा सेतिमादी नदीले बगाएर ल्याएको दाउरा बटुल्दै गर्दा भेलमा परेर वेपत्ता भएका थापाको खोजी कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक दीपक कुमार रायले बताए।

तपाईको प्रतिक्रिया