सुर्खेत । कर्णालीमा आँखा पाक्ने रोग बढ्दै गएको छ । आँखाको समस्या लिएर परीक्षण तथा उपचारमा दिनहुँ अस्पताल पुग्ने बिरामीहरुको संख्या उच्च छ । बरिष्ठ नेत्ररोग विशेषज्ञ डा. शक्तिप्रसाद सुबेदीका अनुसार अहिले एडेनो भाइरल कन्जङटिभाइटिस (आँखा पाक्ने रोग) तिव्र रुपमा फैलीरहेको छ ।
यसका केही तथ्य र बच्ने उपाय ।
– आँखा पाक्ने रोग एडेनो भाइरसले गर्दा हुन्छ ।
– आँखा पाक्ने रोग हेरेर वा हावाबाट सर्दैन ।
– आँखा पाक्ने रोग आँसु र कचेरामा भएको भाइरसबाट सर्छ ।
लक्षणहरू
आँखा रातो हुने, कचेरा लाग्ने, बिझाउने, आँसु बग्ने, डिल सुन्निने ।
– थोरैमा ज्वरो आउने र घाँटी दुख्ने हुन सक्छ ।
– आँखाको नानीमा असर भएमा धमीलो देखिने, बत्तीमा हेर्दा इन्द्रेणी जस्तो देखिने हुन्छ ।
उपचार
– १ देखि २ हप्तामा निको हुन्छ ।
– आँखा सफा राख्ने, उमालेर चिसिएको कपास वा टिसु पेपरले पुछ्ने ।
– चिसोले आँखा सेक्ने ।
– चिकित्सकको सुझाव अनुसार औषधी राख्ने ।
बच्ने उपाय/अरुलाई सर्न रोक्ने
– घरमा छुट्टै टाबेल प्रयोग गर्ने
– बिरामीले आँसु हातले पुछेर जताततै नदल्ने
– ऑखा छुनु अघी र पछी सावुन पानीले हात धुने
– अस्पताल तथा स्कुलमा विशेष ध्यान दिने
साभार: बरिष्ठ नेत्ररोग विशेषज्ञ डा. शक्तिप्रसाद सुबेदी
। १८ श्रावण २०८०, बिहीबार १४:४७