दैलेख । नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेशले लोपोन्मुख राउटे परिवारलाई खाद्यान्न वितरण गरेको छ। श्रीमती संघ कर्णाली प्रदेशका अध्यक्ष बिन्दु अधिकारी ढकालको नेतृत्वमा दैलेखको महावु गाउँपालिका-३ बासीमा बसोवास गर्दै आएका लोपोन्मुख राउटेका ४१ वटा परिवारलाई २० किलो चामल, दाल, तरकारी लगायतका खाद्यान्न वितरण गरिएको हो।
कर्णाली प्रदेश अध्यक्ष विन्दु अधिकारी ढकालले राउटे परिवारलाई खाद्यान्न समस्या रहेको जानकारी पाएपछि सहयोग गरिएको बताइन्। कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालले नेपाल प्रहरीले कर्णालीमा शान्ति सुरक्षाका साथै नागरिकका समस्याहरूमा साथ दिने बताए।
। १२ श्रावण २०८०, शुक्रबार १५:५५