दैलेख । कर्णाली प्रदेश प्रहरीले थालेको घर–घरमा स्टिकर टाँस अभियान दैलेखमा पनि सुरु भएको छ । सुरक्षित कर्णाली विशेष अभियान २०८० अन्र्तगत प्रहरीको फोन नम्बर सहितको स्टिकर टाँस अभियान थालिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख डिएसपी किशोर लम्सालले बताए ।
आइतवार दैलेखको नारायण नगरपालिका वडा नम्बर १ स्थित देवकोटा चोकबाट उक्त अभियान शुभारम्भ गरिएको हो । प्रतिनीधि सभाका पूर्व सांसद रविन्द्रराज शर्माको प्रमुख आतिथ्यतामा उक्त अभियान सुरु गरिएको छ । अभियान शुभारम्भ कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल, राजनीतिक दल, सुरक्षा निकाय, जनप्रतिनीधि लगाएत उपस्थित थिए ।
। ३१ असार २०८०, आईतवार १८:३७