बिद्यालय नखुलेपछि टोलकक्षा संचालन

पुष्प वली, १६ भदौ २०७८ जाजरकोट
कोरोनाका कारण लामो समयदेखि विद्यालय बन्द भएपछि नियमित पठनपाठनमा समस्या भएको छ । बालबालिकाहरु पढाइ भन्दा पनि अन्यकाममा लाग्ने र उनिहरुको पढाइ विग्रिदै जाने भएकोले उनिहरुको नियमित पठनपाठकालागि टोल कक्षा संचालनमा ल्याइएको छ । जाजरकोटको भेरी नगरपालिका २ डिंगाका तीन स्थानमा आज दे्िख टोल टोल कक्षासुरु हुने भएको हो । कालिका आधारभुत बिद्यालय कोरोनाका कारण बन्द भएपछि बालबालिकाको पढाइमा समस्या देखिएको हो ।
नियमित पठन पाठन गर्नकालागि कालिका अधारभुत विद्यालयको विद्यालय व्यवस्थापन समितिको बैठक बसी टोल टोलमा कक्षा संचालन गर्ने निर्णय भएको प्रधानाध्यापक योसोदा पुनको भनाई छ । बालबालिकाको पठाइमा सहज होस भन्ने उदेश्यले डिंगाको ज्यामिरे र नाग्न टोल, तिमिलेको पुरानो स्कुल र सिद्धपाइला युवा कल्बले निर्माण गरेको २ कोठे भवनमा कक्षा संचालन गरेको विद्यालय व्यवस्थापनका अध्यक्ष भविलाल थापाले जानकारी दिए । उनका अनुसार नियमिति विद्यालय संचालन नभए सम्मका लागि टोल कक्षा संचालन भैरहने बताए ।
विद्यालय बन्द भएपछि विद्यालयकै शिक्षकहरुलाई टोलटोलमा खटाएर पढाइलाई निरन्तरता दिन लागेको अध्यक्ष थापाले बताए ।