मुगुका स्थानीय तहको बजेट फ्रिज

??????

मुगुका स्थानीय तहले आर्थिक वर्ष २०७७/०७८ को बजेटको ठूलो हिस्सा खर्च गर्न नसक्दा फ्रिज भएको छ ।
एक नगरपालिका र ३ गाँउपालिका रहेको मुगु जिल्लाका स्थानीय तहमध्ये सोरु गाँउपालिकामा मात्र तुलनात्मक रुपमा कम रकम फ्रिज भएको तथ्यांकमा देखएको छ । जिल्ला भित्र रहेका संघीय कार्यालय र ४ वटा स्थानीय तहलाई २ अर्ब ६४ करोड ७८ लाख ६ सय २६ बजेट निकासा गरिएको कोष तथा लेखा नियन्त्रण कार्यालय मुगुले जनाएको छ ।
कार्यालयका अनुसार आर्थिक वर्ष २०७७/०७८ को बजेट मुगुमकार्मारोग गाउँपालिकाको ३ वटा शीर्षक (समानिकरण, सशर्त र पुँजीगत अनुदान) गरी २२ करोड ३४ लाख ८९ हजार १ सय ६० निकासा भएकोमा २२ करोड २९ लाख ४ हजार १ सय ६० रुपैयाँ मात्र खर्च भएको छ ।
खत्याड गाँउपालिकाको समानिकरण, सशर्त विशेष अनुदान र समपुरक गरी विनियोजित ४० करोड, २७ लाख ९७ हजार ८ सय ९० रुपैयाँ बजेटमध्ये ३९ करोड ६१ लाख, ८५ हजार २ सय ७४ रुपैयाँमात्र खर्च भएको छ ।
यस्तै छायानाथ रारा नगरपालिकाको ४ वटै शिर्षकमा विनियोजित ४६ करोड ५५ लाख७२ हजार ३ सय ५० मध्ये ४६ करोड १४ लाख ६४ हजार १ सय ५० रुपैयाँ मात्र खर्च भएको छ । सोरु गाउँपालिकाको समानिकरण र सर्शत अनुदानबाट विनियोजित ३१ करोड ४५ लाख ७ हजार ८० मध्ये ३१ करोड १५ लाख ५७ हजार मात्र खर्च भएको छ ।
अन्य स्थानीय तह भन्दा सोरु गाँउपालिकाको कम रकम फ्रिज देखिएकोे कोष तथा लेखा नियन्त्रण कार्यालय मुगुका प्रमुख लक्ष्मीकृष्ण हमालले बताए । जिल्लाका ४ वटै स्थानीय तहको असार महिनाको अन्तिमसम्मको बजेट अनुसार १ करोड ४२ लाख ५५ हजार ८ सय १५ रुपैयँ खर्च नभएको कार्यलय प्रमुख हमालले जानकारी दिए ।